कैलाली : नेपाल पत्रकार महासंघको आज दशैभर निर्वाचन हुँदै छ । केन्द्र, प्रदेश र जिल्ला स्तरमा एकै दिन निर्वाचन हुन लागेको हो ।
कैलालीमा अध्यक्ष सहित २ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित भए पनि अन्य १३ पदका लागि आज निर्वाचन हुँदै छ । १३ पदका लागि कैलालीमा २५ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा श्रवण देउवा निर्वाचित हुँदा उपाध्यक्ष भावना जोशी र सह सचिव शङ्कर बोहरा निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा आदिवासी जनजातितर्फ सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका छन् ।
संघको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह सचिव (समावेशी) र खुला सदस्य, महिला सदस्य दलित सदस्य पदका लागि आज निर्वाचन हुँदै छ ।
उपाध्यक्षमा भोजराज रोस्यारा र झलनाथ खनालको उम्मेदवारी परेको छ । सचिवमा तेजराज भट्ट र सुशील ढुंगानाको उम्मेदवारी कायम भएको छ भने कोषाध्यक्षमा सुनिल आउजी र घनश्याम पौडेलको उम्मेदवारी परेको छ ।
सहसचिव (समावेशी) मा सुरेन्द्र ताम्राकार र निराजन परियारको उम्मेदवारी भरेको छ । ८ खुला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ भने १ दलित सदस्यका लागि २ जना र १ महिला सदस्यका लागि पनि २ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस्