कर्णालीले लुम्बिनीलाई दियो एक सय २९ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगका शुक्रबार विहान भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई एक सय २९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनायो। उसका लागि अष्ट्रेलियन ब्याटर विलियम्स बोसिस्टोले सर्वाधिक ४४ रन बनाउँदा अर्जुन बिटाुलले २५, बाबर हायातले २०, चाडविक वाल्टनले १३ रन जोडे।

लुम्बिनीका विकास आग्रीले तीन विकेट लिए। त्यस अलावा तिलक भण्डारीले दुई विकेट लिँदा रोहित पौडेल, साद बिन जफर र रेमन सिमोण्डसले समान एक–एक विकेट लिए।

जारी प्रतियोगिताका लुम्बिनी प्लेअफको दौडबाट बाहिरिइसकेको छ। उसका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ भने प्लेअफमा सहजै स्थानमा बनाउनका लागि कर्णालीको आजको खेल महत्त्वपूर्ण हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार