लागुऔषधसहित कैलालीबाट एकैदिन तीन जना पक्राउ

धनगढी : कैलालीबाट एकैदिन तीन जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–३ मोरीयाघाटबाट लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षका साजिश चौधरी लागुऔषधसहित पक्राउ परेका छन्।

उनी से ४ प ५९७८ नम्बरको मोटरसाइकललाईमा आइरहेको अवस्थामा चेकजाँच गर्दा २ ग्राम लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

यस्तै भजनी नगरपालिका–३ मोरीयाघाट टीकापुर नगरपालिका–२ अस्नेरीका ३० वर्षीय नबराज बिक र लम्कीचुहा नगरपालिका–१ भुरुवाका २९ वर्षका इमान रावल लागुऔषधसहित पक्राउ परेका छन्।

उनीहरुको साथबाट ट्रमाडोल नामक ३० ट्याब्लेट र एभिल नामक १५ ट्याबलेट फेला पारेको प्रहरीले जनाएको छ। उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार