अस्पतालको भवन निर्माणका लागि पाँच पटक म्याद थप गर्दा पनि काम अधुरै

धनगढी : सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवनको काम अधुरै छ। 

२०७४ कार्तिक २८ गते संघीय आयोजना कार्यान्वयन इकाइबाट रविना निर्माण सेवासँग जेभी गरी सेती प्रादेशिक अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको थेगिम कन्स्ट्रक्सनले अझै निर्माण पुरा गरेको छैन। जसले गर्दा सेती अस्पतालको सेवा विस्तार र नयाँ भवन निर्माण गर्ने योजना कार्यान्वयनमा बाधा पुगेको छ।

Seti Hospital

संघीय आयोजना कार्यान्वयन इकाइले थेगिमलाई सेती प्रादेशिक अस्पतालको भवन निर्माणका लागि पाँच पटक म्याद थप गरिसकेको छ। तर भवन निर्माणले भने अझै पूर्णता पाउन सकेको छैन। समयमा काम पुरा नहुँदा अस्पतालको सेवा विस्तारमा बाधा पुगेको सेती प्रादेशिक अस्पताले जनाएको छ।

१८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २०७४ कार्तिक २८ गते रविना–थेगिम जेभीसँग सम्झौता गरेको थियो। सर्तअनुसार काम भएको भए २०७७ वैशाखमै भवन निर्माण भइसकेको हुन्थ्यो। तर अहिलेसम्म निर्माण कार्य अधुरै छ।

रविना–थेगिम कन्स्ट्रक्सनको जेभीले ठेक्का पाए पनि काम भने थेगिमले गर्दै आएको छ। समयमा काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कारबाहीसमेत गर्न सकेको छैन। भवनको संरचना तयार भए पनि झ्याल–ढोका लगाउने, टायल–मार्बल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, पानी र बिजुली जडानको काम बाँकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार