सुदूरपश्चिम महोत्सवमा पार्किङको कति शुल्क तिर्नुपर्छ ?

धनगढी । समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नारासहित धनगढीमा सुदूरपश्चिम महोत्सवको १८औँ संस्करण चलिरहेको छ । धनगढी उद्योग वाणिज्य संघको आयोजनामा कार्तिक २२ गतेदेखि सुरू भएको महोत्सव पुष २ गतेसम्म लाग्नेछ ।

महोत्सव अवलोकन गर्न दैनिक हजारौँको संख्यामा नागरिकहरु महोत्सव स्थल पुग्ने गरेका छन् । तर महोत्सवमा पार्किङ कहाँ गर्ने भन्ने थाहा नहुँदा र जथाभावी पार्किङ गर्नुपर्दा धेरैको हेलमेट र सवारी साधन चोरी भएको गुनासो आएका छन् ।

धनगढी सूचना

यता महोत्सव घुम्न आउनेहरुको सहजताका लागि आयोजकले महोत्व स्थलको उत्तरतर्फ पार्किङको व्यवस्था गरेको छ । पार्किङ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार पार्किङस्थलमा साइकल र मोटरसाइकलको पार्किङ शुल्क २० रुपैयाँ र अटो रिक्सा र गाडीको पार्किङ शुल्क ३० रुपैयाँ तोकिएको छ ।

पार्किङ स्थलमा राखिने सवारी साधनको उचित व्यवस्थापनदेखि सुरक्षाको ग्यारेन्टीसमेत गरिएको आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार