काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं गुर्खाजले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन जोड्यो । लुम्बिनीका बलर सामू काठमाडौँका ब्याटरहरु खुलेर खेल्न सकेनन् । काठमाडौँका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । ड्यान ड्वाथवेट २१ रन बनाए ।
माइकल लेभिट शून्य रनमा आउट भए भने जेहार्ड एरास्मस १ रन बनाउँदै आउट भए । सुमित महर्जनले ४ रनको योगदान दिए भन् स्टेफन स्केनाजीले १३ रन जोडे । राशिद खान र करण केसीले समान १–१ रन जोडे । प्रतीक श्रेष्ठ २० रन बनाएर आउट भए । साहब आलमले ८ रन बनाए ।
बलिङमा लुम्बिनीका साद बिन जफरले सर्वाधिक ३ विकेट लिए । उनले २१ रन मात्रै खर्चिए । रामोन सिमन्ड्स र अभिषेक गौतमले समान २–२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्