सुदूरपश्चिममा यौन हिंसाका २८९ उजुरी दर्ता

धनगढी : गत साउन महिनामा कैलालीको गोदावरी नगरपालिका–३ घर भएकी किशोरी मध्यरातमा सामूहिक करणीको सिकार बनिन्। जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापा पक्राउ नै परे।

अन्य चार जना पनि सो घटना संलग्न थिए। साउन ९ गते राति गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट प्रहरीमा दर्ता नै भएको थियो। त्यसपछि साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको थियो।

धनगढी सूचना

थापाले फेसबुकमा फेक आइडी बनाएर ती किशोरीसँग कुरा गर्दै आइरहेको खुलेको थियो। परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाएका थिए। लक्ष्मीलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका–१० को मालाखेती जंगलमा पुगाएका थिए। थापाले सोही स्थानमा आफ्ना चार जना साथिहरुलाई समेत बोलाएका थिए।

थापासहित उनका अन्य साथिहरुले मालाखेती जंगलमा लक्ष्मीलाई सामूहिक करणी गरेपछि पुनः घरमै ल्याएर छोडेको समेत खुलेको छ। यो त केबल एउटा प्रतिनिधि उदाहरण मात्र हो। किशोरी मात्र नभएर महिलामाथि समेत यस्ता हर्कत हुने गरेका घटना पटकपटक सार्वजनिक हुने गरेका छन्।

पछिल्लो एक वर्षको अवधिमा मात्र सुदूरपश्चिममा यौनजन्य हिंसाका २ सय ८९ घटना प्रहरीमा दर्ता भएका छन्। घटनामा आरोपितमध्ये अधिकांश चिनजानकै छन्। यस्तै घरेलु हिंसाका घटनासमेत प्रदेशभित्र बढ्दै गएको पाइएको छ। पछिल्लो एक वर्षको अवधिमा सुदूरपश्चिममा एक हजार २१४ घरेलु  हिंसाका घटना प्रहरीमा दर्ता भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार