उद्यम सञ्चालनका उद्यमीको सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कानुन सङ्गत ढङ्गले उद्यम सञ्चालन गरिरहेका उद्यमीको सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् ।

मंगलबार अत्तरियामा आयोजना गरिएको व्यवसायीलाई सम्मान तथा उत्प्रेरणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन । ‘कुनै पनि व्यक्तिले व्यवसाय गर्छ भने त्यसको सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने छ ।

धनगढी सूचना

नियम कानुन सङ्गत ढङ्गले तपाई अगाडि बढिरहनु भएको छ भने त्यसमा कसैले वाधा व्यवधान गर्न खोज्छ भने त्यसका पछाडि हामी छौ’ उनले भने ‘रोजगारीको राम्रो सम्भावना हुने उद्योगहरू यस क्षेत्रमा स्थापना हुन चाहन्छन् भने हामी हातेमालो गर्न तयार छौ । हामी सँगै अगाडि बढ्न तयार छौ ।’

उनले उद्यम सञ्चालन गर्न चाहिने बिजुली, पानीको व्यवस्था गर्न पनि प्रदेश सरकार तयार रहेको बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर निजी क्षेत्र र सरकार सँग सँगै बढ्न आवश्यक रहेको उनले बताए । उनले स्थानीय स्तरमा भएका रिसर्चलाई अगाडि बढाएर उद्यम व्यवसाय अगाडि बढाउन आवश्यक रहेको बताए । उनले अहिले स्थानीय स्तरमा भएका रैथाने वस्तुको संरक्षण गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उनले भने ‘हामीले घरेलु उद्योगहरिलाई बढाउनका लागि नीति लिएका छौ । पहाडमा रहेका बाझा खेत हरियाली बनाउने नीति पनि ल्याउँन्छौ ।’ कार्यक्रममा बोल्दै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले सुदूरपश्चिमको वन जङ्गल लगायतका प्राकृतिक सम्पदा प्रयोग गर्न सके यस क्षेत्रको विकास गर्न सकिने बताए । उनले जलको प्रयोग गर्न भने हाल सिमानाकाको समस्या रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार