सुदूरपश्चिम रोयल्सलाई दोस्रो झड्का

काठमाडौं : सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो खेलमा जनकपुर बोल्ट्सले दोस्रो विकेट लिएको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार टियु क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सका शेर मल्लले दोस्रो विकेट लिएका हुन्। 

उनले ८.४ ओभरमा हरमित सिंहलाई आउट गरेका हुन्। उनी ३ बलमा १ रन बनाएर बाहिरिए। 
त्यस अगाडि ७.४ ओभरमा हर्ष ठाकरको बलमा सैफ जैबललाई अरनिको यादवले क्याच आउट भए। सैफले २१ बलमा २१ रन बनाएर पेभेलियन फर्किए।

आज जनकपुरका कप्तान अनिल कुमार शाहले टस जितेर बलिङ रोजेका हुन् । अहिले सुदूरपश्चिम रोयल्स ९ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार