तराईको धेरैजसो भूभागमा हुस्सु र कुहिरो

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (बुधबार बिहान) कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। 

तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि कोसी प्रदेशमा आंशिक बदली रहने छ। 

Seti Hospital

आज राति पनि कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलि (बिहीबार) पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

त्यसैगरी आगामी शुक्रबार कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

बिहानको समयमा देशको तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार