धनगढी । धनगढी उपमहानगरपालिकाले फाहोरको वर्गीकरण नगरी निस्कासन गर्नेलाई जरिवाना तिराएको छ । घरबाटै फोहोरको वर्गीकरण गरेर छुट्याउनुपर्नेमा वर्गीकरण नगरी मिसाएर दिएको कसुरमा धनगढी उपमहानगरपालिकाले एकजनालाई ५ सय रुपैयाँ जरिवाना तिराएको हो ।
धनगढी उपमहानगरपालिकाका अनुसार ती व्यक्तिलाई पहिलो पटकका लागि ५ सय रुपैयाँ जरिवाना तिराइएको हो ।
फेरी दोहोराएर सोही कसुर गरे कानूनअनुसार कारवाही गरिने धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले बताएका छन् । ‘उहाँले कुहिने र नकुहिने फोहोर छुट्याएर दिनुपर्नेमा सबै एकै ठाउँमा मिसारएर दिनुभएको रहेछ, त्यसैले कारवाही गरेका हौँ’, उनले भने, ‘प्रथम पटकको लागि ५ सय जरिवाना तिराएका छौँ, गल्ती दाहोरिए झन् कडा कारवाही गर्छौं ।’
उपमहानगरपालिकाका अनुसार ती व्यक्तिलाई फोहोर व्यवस्थापन ऐन धनगढी २०७४ को दफा २४ को (ड) अनुसार कारवाही गरिएको हो ।
‘स्रोतमै फोहोरमैला पृथकिकरण नगरी दफा ५ को बिपरित फोहोर मैला मिसाएर निस्कासन गर्ने वा गराउने कसुर गरेको मानिने भएकाले र सोही परिच्छेदको दफा २५ को उपदफा १० बमोजिम कसुर गर्नेलाई धनगढी उपमहानगरपालिकाले प्रत्येक पटक ५ सय जरिवाना गर्ने सक्नेछ’, ऐनमा भनिएको छ ।
त्यस्तै उपमहानगरपालिकाले फोहोर संकलन गराउँदा स्रोतमै फोहोरको वर्गीकरण गरेर मात्रै निस्कासन गर्न वा संकलन गराउन पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्