कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला

धनगढी : सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ । १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको मृत बाघ ६ महिना जतिको हुन सक्ने सब डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिए ।

मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोस्टमार्टम लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको वासस्थान हो । पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ ।

धनगढी सूचना

स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए । स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय ठाकुरद्वारा, सब डिभिजन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार