धनगढी–दिपायल–चैनपुर–उरै सडक खण्डमा पुल निर्माणको ठेक्कामा बजेटको अभाव

धनगढी : धनगढी–दिपायल–चैनपुर–उरै सडक खण्डमा पुल निर्माणको ठेक्कामा बजेट अभाव भएको छ। धनगढी–दिपायल–चैनपुर–उरै सडक आयोजना कार्यालयले तीनअघि लगाएको ८ वटा पुल निर्माणको ठेक्कामा बजेट अभाव भएको हो।

२०७८ माघमा ६ वटा र २०७९ जेठमा दुईवटा गरी ८ वटा पुल निर्माणका लागि आयोजना कार्यालयले २८ करोड ७५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। तर पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माणले गति लिन सकेको छैन। आठवटै पुलका लागि गत आर्थिक वर्षमा ४०/४० लाखका दरले बजेट विनियोजन गरिएको थियो भने चालु आर्थिक वर्षमा ८०/८० लाखका दरले बजेट विनियोजन गरिएको छ।

Seti Hospital

आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले बजेट अभावका कारण पुल निर्माणको गति बढ्न सकेको छैन। सो सडकअन्तर्गत सलेनामा सालाकोट पुल निर्माण गर्न गल्वा–जगदम्बा–सुर्मा सरोबर जेभीसंँग तीन करोड ५१ लाख रुपैयाँमा सम्झौता भएको थियो।

जेभीले असार मसान्तसम्म ९० प्रतिशत काम सक्याएको छ। सो कम्पनीलाई चालु आर्थिक वर्षमा विनियोजन गरेको ८० लाख भुक्तानी गरिसक्दा समेत असारसम्मको कामको २६ लाख २४ हजार रुपैयाँ दिन बाँकी रहेको इन्जिनियर रैखोलाले बताए। चौकीगडा खोलामा असार मसान्तसम्म काम गरेको मित्र बिल्डर्सलाई १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

मित्र बिल्डर्स र आयोजना कार्यालयबिच ४ करोड १६ लाख २२ हजार रुपैयाँमा सम्झौता भएको थियो। मित्र बिल्डर्सले सो पुलको ६० प्रतिशत काम गरेको छ। तीनवटा पुलको ठेक्का र दुई पुलको पेटी ठेक्का लिएको मित्र बिल्डर्सले मटेलीखोली पुलमा ३०, हाटखोली पुलमा ३५, चेप्टे खोला पुलमा ३० प्रतिशत काम भएको छ भने ग्वासी खोलामा काम सुरु नभएको आयोजना कार्यालयले जनाएको छ।

मटेली खोला पुल निर्माण गर्न दुई करोड ८८ लाख, चेप्टेखोला पुल निर्माण गर्न दुई करोड ६२ लाख ९७ हजार रुपैयाँमा मित्र बिल्डर्ससँंग सम्झौता भएको थियो। ग्वासी खोलामा तीन करोड ९८ लाख ७७ हजार ५५८ र हाटखोली खोलामा चार करोड ५९ लाख ९८ हजार रुपैयाँमा पुल निर्माण गर्न गुल्लीभर–कुटुम्बा–भुवनेश्वरी जेभीसंँग सम्झौतामा भएकोमा मित्र बिल्डर्सले नै काम गरिरहेको छ।

यस्तै जमुनाबासस्थित कालागाडमा पुल निर्माण गर्न टिडिआर कन्स्ट्रक्सन प्रालिसँंग तीन करोड ५८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको थियो। सो पुलको काम सुरु नै हुन सकेको छैन भने गडशेरास्थित नकसराडी गाडमा पुल निर्माण गर्न मालिका–सनीदेव–जेबी जेभीसँंग तीन करोड ३८ ७१ हजार रुपैयाँमा सम्झौता भएकोमा ३० प्रतिशत काम भएको छ। धनगढीदेखि थलारासम्मको १८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार