एनपीएल : पोखरा एभेन्जर्सले १० ओभरमा ७४ रन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सले १० ओभरमा ७४ रन बनाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेको पोखराले १० ओभरमा ३ विकेटको क्षतिमा ७४ रन बनाएको हो।

पोखराले पावरप्लेमा २ विकेट गुमाउँदै ५२ रन बनाएको थियो। पहिलो विकेटका रुपमा पोखराले ओपनर एन्ड्रिज गोउसलाई गुमायो। उनले १२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

धनगढी सूचना

पहिलो विकेटका लागि गोउस र दिनेश खरेलले ४६ रनको साझेदारी गरेका थिए। कर्णालीका लागि विपिन शर्माले पहिलो विकेटको साझेदारी तोडे। उनले गोउसलाई विलियम बोसिस्टोको हातमा क्याच गराए। 

पोखराले ५.१ ओभरमा १ विकेटको क्षतिमा ५० रन पूरा गर्‍यो।     ५.२ ओभरमा युनिस ठकुरीले दिनेश खरेललाई २६ रनमा बोल्ड गरे। दिनेशले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे। तेस्रो विकेटका रुपमा पोखराले कप्तान कुशल भुर्तेललाई गुमायो। कुशलले ११ बलमा १ चौकासहित १० रन बनाए। 

कर्णाली याक्सका लागि विपिन शर्मा, युनिस विक्रम सिंह र विलियम बोस्टिोले समान १/१ विकेट लिए। कर्णालीका लागि यो पाँचौं खेल हो भने पोखरा एभेन्जर्सको यो चौथो खेल हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार