चिसो बढेसँगै बाजुरामा कैदीबन्दीहरुलाई कम्बल वितरण

बाजुरा : जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत सोमबार कारागारका कैदीबन्दीहरुलाई कम्बल वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले केही दिनयता अत्यधिक चिसो बढेकोले कैदीबन्दीहरुलाई सानो सहयोग पुगोस् भन्ने उदेश्यले जिल्ला विपद् व्यवस्थापन समितिमा रहेका कम्बल वितरण गरिएको बताए ।

धनगढी सूचना

कारागार प्रमुख अनिल कुमार तिवारीले कैदीबन्दीहरुलाई १० सेट कम्बल वितरण गरिएको बताए । उनका अनुसार आइतबार सहायक प्रमुख जिल्ला अधिकारी मण्डल र कोष तथा नियन्त्रक कार्यालय बाजुराका प्रमुख भानुभक्त उपाध्यायले कारागारको अनुगमन गरेका थिए ।

कारागार प्रमुख तिवारीले पहिलो चरणमा केही कैदीबन्दीहरुका लागि कम्बल वितरण गरिएको र थप आवश्यक कम्बलसहित खेलकुदका सामग्रीका लागि जिल्लाका अन्य सरकारी तथा गैरसरकारी कार्यालयसँग माग गरेको बताएका छन् । कारागारको जीर्ण संरचनामा क्षमताभन्दा करिब तेब्बर बढी कैदी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार