कर्णालीविरुद्ध टस जितेर पोखराले ब्याटिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले सुरूमा ब्याटिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङको निर्णय लिँदै कर्णालीलाई फिल्डिङमा निम्त्याएका हुन् ।

प्रतियोगिताको शीर्ष चार सम्भावना कायम राख्न यी दुवै टिमलाई आज जितको आवश्यकता छ । तालिकाको चौँथो स्थानमा आसिन कर्णालीले चार खेल खेल्दा दुई जितसहित चार अंक जोडेको छ । तीन खेलबाट दुई अंक जोडेको पोखरा तालिकाको पाँचौँ स्थानमा छ ।

धनगढी सूचना

प्रतियोगितामा कर्णालीले आफ्नो पहिलो र दोस्रो खेलमा हार बेहोरे पनि तेस्रो र चौथो खेलमा भने लगातार जित निकालेको थियो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो । यस्तै, कर्णालीले तेस्रो खेलमा भने चितवन राइनोजविरुद्ध ६ विकेटको र चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको थियो ।

यता, सुरुआती दुई खेलमा लगातार हार बेहोरेको पोखराले भने पछिल्लो खेलमा सानदार जित निकालेको थियो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । प्रतियोगितामा पोखराको यो जित विकेटको आधारमा कुनै पनि टिमले निकालेको सबैभन्दा ठूलो जितसमेत हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार