स्वास्थ्य पत्रकार शर्मा राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा : राष्ट्रिय समाचार समितिकी पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। स्वास्थ्यका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यूआरएल फाउण्डेसनले सम्मान गरेको हो।

शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गरेका हुन‍्। दुई दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आएकी थिइन्। उनी नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुन्।

Seti Hospital

कार्यक्रमकै अवसरमा फाउण्डेशनले चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ललितपुर, कुपन्डोलका डा खगेन्द्रबहादुर श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार