पूर्व एभीन्युज खबरकर्मीहरुले घेरे केन्द्रीय कार्यालय

काठमाडौं – पूर्व एभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् । एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्वकर्मचारीहरूले लामो समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् ।

श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीसहित कार्यलय पुगेका कर्मचारीले हाम्रो वर्षौंदेखिको पारिश्रमिक खै भन्दै नारा लगाएर विरोध गरेको छन् । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जैशीले श्रमजीवी पत्रकारले कुनैपनि हालतमा पारिश्रमिक पाउनुपर्ने जिकिर गरे। साथै उनले पारिश्रमिक नपाएसम्म आफू श्रमजीवीको पक्षमा लडिरहने बताए ।

धनगढी सूचना

पूर्व कर्माचारीहरूले आफूहरूले एभिन्युज खबर छोडेको २ वर्ष पुग्दा पनि पारिश्रमिक नपाएको गुनासो गरे । टेलिभिजनले पटकपटक पैसा दिन्छु भनेर भाका दिने तर तोकेको मितिमा फोन नउठाउने, सम्पर्कविहीन हुने, दिन्छु/दिन्छु भन्दै टार्दै आएको भन्दै पीडितहरु आक्रोशित भएका छन्।

आइतबार केन्द्रीय कार्यलय धर्ना गर्न पुगेका कर्मचारीहरूले कुनैपनि हालतमा आफ्नो पारिश्रमिक लिएरै छोड्ने बताए । उनीहरूले भने, “कुनैपनि हालतमा हाम्रो पारिश्रमिक छाड्ने छैनौँ, उपत्यका बाहिरका रहेका साथीहरू पनि आउदै हुनुहुन्छ ।”

पिडित पत्रकारहरूले आफूहरूको माग पूरा नभए थप  आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार