रबि लामिछानेलाई पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगन्ज लगिने !

पोखरा : पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई पर्सा लैजान बिमानस्थल लगिएको छ । राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि वीरगन्ज लैजानका लागि अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा लगिएको छ ।

प्रहरीका अनुसार उनलाई पोखरावाट काठमाडौँ अनि काठमाडौँबाट प्लेनमा सिमरा हुँदै वीरगन्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट लगिएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो । 

धनगढी सूचना

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार