सुदूरपश्चिममा पाँच महिनामा भ्रष्टाचारका ३३७ उजुरी दर्ता

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा सुदूपश्चिमका ३३७ उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा भ्रष्टाचारका ३३७ उजुरी गर्दा भएका हुन । जसमा श्रावण महिनामा ११४, भाद्र महिनामा ८३, असोज महिनामा ५१ र कार्तिक महिनामा ५९ र मंसिर २३ गते सम्ममा ३० उजुरी दर्ता भएका छन् ।

अख्तियारमा सबैभन्दा बढी उजुरी इमेल र हुलाकबाट पर्ने गरेका छन् । अख्तियारका अनुसार कुल उजुरी मध्ये १०९ उजुरी इमेल र १०७ उजुरी हुलाकबाट परेका छन् । त्यस्तै ७१ उजुरी लिखित रूपमा परेका छन् । अख्तियारले आयोगको वेबसाइट, इमेल, टेलिफोन, प्रमुख जिल्ला अधिकारी मार्फत, फेसबुक, भइबर, मोबाइल एप, लिखित निवेदन, समाचार पत्र, हुलाक, हेलो सरकार लगायतका माध्यमबाट उजुरी लिने गरेको छ । उजुरीहरू अधिकांश स्थानीय तहका हुने गरेको अख्तियारका सूचना अधिकारी चेतराज भट्टले बताए ।

धनगढी सूचना

देशभरमा अख्तियारमा ५ महिनाको अवधिमा १० हजार ९६१ उजुरी परेका छन । साउन देखि मंसिर २३ सम्मको अवधिमा अख्तियारमा उक्त उजुरी परेका हुन । अख्तियारका देशभरमा ९ वटा कार्यालय रहेका छन । जसमा सबैभन्दा बढी उजुरी अख्तियारको केन्द्रिय कार्यालय काठमाण्डौंमा परेका छन । जहाँ ५ महिनाको अवधिमा ७ हजार ४५७ उजुरी परेका छन ।

त्यस्तै अख्तियारको इटहरी कार्यालयमा ४५६, वर्दिवास कार्यालयमा ८०९, हेटौडा कार्यालयमा ५३३, पोखरा कार्यालयमा ३७८, बुटवल कार्यालयमा ३४८, नेपालगन्ज कार्यालयमा १९८ र सुर्खेत कार्यालयमा ४४७ उजुरी परेका छन ।

यसैबिच आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।

राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन । नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्छ । नेपालमा भ्रष्टाचारविरुद्ध कामकारवाही गर्ने सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार