धनगढी आउँदै गरेको बस बाँकेमा दुर्घटना, दुई जना घाइते

काठमाडौं : काठमाडौंबाट धनगढी आउँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ।

२४ जना यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु आफै कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा काठमाडौंबाट धनगढी तर्फ आउँदै गरेको सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो। चालक कैलालीको गोदावरी नगरपालिका – १ का ३६ वर्षीय रामबहादुर डाँगी प्रहरीको नियन्त्रणमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार