कैलाली : व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम दिईएको छ । युवा उद्यमी मञ्च कैलालीको आयोजनामा धनगढीमा युवा उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि तालिम दिईएको हो । कैलाली जिल्लामा युवा व्यवसायीका युवा उद्यमी मञ्च कैलालीले दिएका यो सबैभन्दा ठुलो तालिम हो ।
न्तराष्ट्रिय कर्पोरेट प्रशिक्षक मान्सी अग्रवालले युवा व्यवसायीलाई प्रशिक्षण दिएकी छिन् । तालिममा नेटवर्किङ, ब्रान्डीङ लगायतका बिषयमा प्रशिक्षण गराईएको छ । तालिममा एक सयभन्दा बढीको सहभागीता रहेको थियो ।
युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष ईन्जिनियर तर्कराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ विशिष्ठ अतिथि रहेको कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा अतिथि रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्