बाजुराको एक स्वास्थ्य चौकीमा आगलागी

बाजुरा : बाजुराको एक स्वास्थ्य चौकीमा आगलागी भएको छ । बाजुराको विकटमा पर्ने हिमाली गाउँपालिका–५ मा रहेको रुगीन स्वास्थ्य चौकीमा आइतबार दिउँसो आगलागी भएको हो ।

आगलागीबाट स्वास्थ्य चौकीको १० कोठे भवनसहित त्यहाँ रहेका सम्पूर्ण स्वास्थ्य उपकरण, औषधिलगायतका सामग्री जलेर नष्ट भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

SHIKHAR COOL TECH

स्वास्थ्य चौकीमा रहेको भिडियो एक्सरे मेसिन, औषधि, ल्याबलगायतका स्वास्थ्य उपकरण, बर्थिङ सेन्टर, झण्डै एक करोड मूल्य बराबरका स्वास्थ्य सामग्री रहेकामा सबै जलेर नष्ट भएको खबर पाएको उनले बताए ।

स्वास्थ्य चौकीमा रहेको विद्युतीय उपकरण चलाउने बेला आगलागी भएको बुझिएको भण्डारीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार