मानव सेवा आश्रमको भवन उद्घाटन गर्दै : प्रधानमन्त्री ओली

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानव सेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानव सेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।

धनगढी सूचना

प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे । प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार