सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं : साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.५० प्रतिशतले घटेर ४५७.०४ विन्दुमा अडिएको छ।

नेप्से उच्च अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज ३२१ स्क्रिप्सको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँमा खरिदबिक्री भए।

Seti Hospital

कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। खानीखोला हाइड्रोपावरको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा दोल्टी पारको ८.७७, १० प्रतिशत केबीएल डेबेन्चर २०९०को ८.१४, स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाको ७.८९ र मोलुङ हाइड्रोपावरको ६.५० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल फाइनान्स र रिभर फल्स पावरको १५ /१५ करोडको सेयर कारोबार भयो।

कालिञ्चोक हाइड्रोपावरको १३ करोड र बेस्ट फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २७ स्टक्सको  मूल्य बढ्दा २१४ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य भने स्थिर रह्यो।

सबै समूहको उपसूचक नकारात्मक देखिएका  छन्।  लाइफ इन्स्योरेन्सको उपसूचक ३.०७प्रतिशतले ओरालो लाग्यो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार