ग्यास बुलेट दुर्घटना अपडेट : बेपत्ता चालक र सहचालक खोज्न गोताखोर परिचालन

काठमाडौं : धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका- ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोर टोली परिचालन गरिएको हो।

आज बिहान एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा उनीहरू बेपत्ता भएका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।​

प्रहरीका अनुसार सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार