कैलालीबाट ११ लाख मुल्यको अबैध बरामद

धनगढी : कैलालीको धनगढी र गोदावरीबाट ११ लाख मुल्यको अबैध बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्का अनुसार धनगढी र गोदावरीबाट ११ लाख मुल्यको अबैध सामान बरामद गरिएको हो।

Seti Hospital

धनगढीस्थित ट्राफिक चौराह, संचयकोष कार्यालय नजिक र बोराडाडीबाट मात्रै १० लाख ५३ हजार ८०९ मुल्यको सामान बरामद गरिएको छ।

विभिन्न कम्पनीका मोबाइलका कभर, किरानाका सामान र मोजाहरु बरामद गरिएको सह–प्रवक्ता खड्काले बताए। यस्तै गोदावरी नगरपालिका–९ वालुवाटारबाट पनि ३८ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।

स्पिकर, पम्पको वासर र किराना सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार