लुम्बिनीले सुदूरपश्चिमविरुद्ध जितका लागि पायो १८८ रनको लक्ष्य

काठमाडौं : राजधानीको कीर्तिपुरमा जारी एनपिएल प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको लुम्बिनीले बलियो सुदूरपश्चिमविरुद्ध जितका लागि १८८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा १८७ रन बनाएपछि लुम्बिनीले उक्त लक्ष्य पाएको हो ।

धनगढी सूचना

सुदूरपश्चिमका लागि ओपनर शेफ जैफले विस्फोटक ९० रनको पारि खेल्दै टिमलाई ठूलो स्कोरतर्फ उन्मुख गराएका थिए । सुदूरपश्चिमका लागि विनोद भण्डारीले १७ रन बनाए भने ब्रान्डन म्याकलनले २३ रनको पारि खेलेका थिए । कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रन बनाए ।

सुदूरपश्चिमका आरिफ शेख पहिलो बलमै आउट भएका थिए । त्यस्तै लुम्बिनीका लागि रामोन साइमण्ड्सले २ विकेट लिए भने कप्तान रोहित पौडेल र विवेक यादवले १÷१ विकेट लिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार