भोलिदेखि सुदूरपश्चिम महोत्सव, मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने !

धनगढी : कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शनिबार (भोलि) देखि हुने भएको छ ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १८ औँ संस्करण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

धनगढी सूचना

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुँवरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महोत्सवकोे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको बताए।

व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको कुँवरले बताए ।

संघले झण्डै ३ करोडको लगानीमा महोत्सव सञ्चालन गरिरहेको हो । महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरेर ५ सय ३१ जति स्टलहरु रहने छन् ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार