जाडोयाम सुरु भएसँगै बाजुराका भेडीगोठ औलतिर सर्न थाले !

बाजुरा : जाडोयाम सुरु भएसँगै बाजुराका भेडीगोठ औलतिर सर्न थालेका छन्। चिसो बढेसँगै लेकमा अत्यधिक चिसो बढ्ने हुँदा बाजुराका भेडाबाख्रासहित भेडीगोठहरु बेसीतिर सर्न थालेका हुन् ।

यहाँका भेडीगोठहरु ६ महिना औलतिर झर्ने र ६ महिना लेकमा सारिने गर्छन् । बाजुराका दुई पालिका बाहेक ६ पालिकामा भेडा पाल्ने गरिएको छ । उत्तरी क्षेत्रका हिमाली, स्वामिकार्तिक, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका यता बडीमालिका र गौमुल गाउँपालिकामा किसानहरु भेडापालन व्यवसाय गर्दै आएका छन् ।

धनगढी सूचना

हिँउदको समयमा अत्यधिक मात्रामा जाडो हुने, हिउँ पर्ने र भेडाबाख्रालाई चरन कम हुने भएका कारण यो समयमा औलतिर झार्ने गरिएको स्वामिकार्तिक खापर गाउँपालिका भेडापालक मनसुरु बुढाले बताए । उनका अनुसार हिउँदको मंसिरदेखि चैत्रसम्म भेडालाई औलतिर सार्ने गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार