शैक्षिक गुणस्तर सुधारमा रामारोशन गाउँपालिका केन्द्रित

धनगढी : शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफलका लागि रामारोशन गाउँपालिकाले अभियान थालनी गरेको छ । शिक्षक, विद्यार्थी, अभिभावकलाई जिम्मेवार बनाएर शैक्षिक गुणस्तर सुधारमा गाउँपालिका केन्द्रित भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको शिक्षा क्षेत्रमा ठुलो लगानी भए पनि त्यसको प्रतिफल निकै कम भएकाले उपलब्धिमूलक गुणस्तरीय शिक्षा बनाउन अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए । विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन गाउँपालिकासँग प्रत्येक विद्यालयका प्रधानाध्यापकको कार्यसम्पादन सम्झौता गरिएको छ । प्रधानाध्यापकले आफ्नो विद्यालयका प्रत्येक शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन् ।

धनगढी सूचना

कार्यसम्पादन सम्झौता अनुसार विद्यालयको आधारभूत आवश्यकता पूरा गर्न गाउँपालिका र शैक्षिक गुणस्तर सुनिश्चित गर्न प्रधानाध्यापकलाई जिम्मेवार बनाइएको छ । दोस्रोमा प्रधानाध्यापकले आफ्ना विद्यालयका सबै शिक्षकसँग सम्झौता गर्ने र विषय शिक्षकले गुणस्तरको सुनिश्चित गर्नुपर्ने भएको छ । यस्तै बालविकास केन्द्रका बालबालिकालाई न्यूनतम तोकिएका सूचक बालशिक्षकले पूरा गर्नैपर्ने बाध्यता गरिएको छ ।

कार्यसम्पादन बाध्यकारी बनाइएकाले प्रधानाध्यापक र शिक्षकलाई सक्षमता र असफलतामा परिभाषित गरेर कार्यसम्पादन मूल्याङ्कनका आधारमा सेवा सुविधा रोक्नेदेखि शिक्षण कार्यबाट बिदाइ गरिनेसम्म कार्य गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवीन ओझाले बताए ।

हरेक वडाका विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय अगुवाका माझमा अभियान तथा कर्तव्यबारे जानकारी दिने काम भइरहेको छ । गाउँपालिका अन्र्तगत रहेका ४८ विद्यालयका बालविकासदेखि कक्षा १२ सम्मका करिब १० हजार विद्यार्थीलक्षित रूपान्तरण अभियान सञ्चालन गरिएको छ ।

‘रामारोशन शैक्षिक रूपान्तरण कार्यविधि’ निर्माण गरेर शैक्षिक रूपान्तरण अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदको भनाइ छ । अछाम जिल्लामा विद्यालयस्तरको शैक्षिक गुणस्तर खस्किएको भन्दै विभिन्न स्थानमा छलफल हुने गरेको छ । गुणस्तरीय अध्यापन नभएको भन्दै केही अभिभावकले छोराछोरी सहर वा तराई तथा केहीले भारतमा लैजाने गरेको पाइन्छ ।

हरेक दिन तीनरतीन नियमित गृहकार्यसँगै प्रत्येक शिक्षकले हरेक कक्षाको अन्त्यमा पाठ्यपुस्तकबाहेक तीन वटा नयाँ कुरा विद्यार्थीलाई सिकाउनुपर्ने छ । कक्षाको तह अनुसार सामान्यज्ञान वा बौद्धिक परीक्षण वा अन्य समसामयिक विषयमा ‘हरेक दिन तीनरतीन’ नाममा शिक्षकले विद्यार्थीलाई नौलो ज्ञान दिनुपर्ने गरी बाध्यता तोकिएको छ ।

“आठ पिरियड भयो भने एक विद्यार्थीले एक दिनमा २४ कुरा सिक्ने भयो, दुई सय दिन विद्यालय खुल्ने हो भने एक वर्षमा विद्यार्थीले शिक्षकबाट चार हजार आठ सय नयाँ कुरा सिक्ने भयो ।” अधिकृत भण्डारीले भन्नुभयो । ज्ञानको दायरा वृद्धिसँगै रहेका बालबालिकालाई लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायतमा सपना देखाउन अभियान केन्द्रित रहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार