‘गृहमन्त्री लेखकको पिए हुँ’ भन्दै ठग्ने बैतडीका एकजना युवक पक्राउ

काठमाण्डौं : गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री लेखकको पीए बताउने बैतडी घर भएका २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिष्टलाई पक्राउ गरिएको अनुसन्धान थालिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

Seti Hospital

गृहमन्त्रीको नक्कली पीए बनेर ठगी गर्दै हिँडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेर कानुनी कारबाही अघि बढिसकेको उनले बताए । त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि सुक्ष्म रूपमा जानकारी लिइरहेको थियो ।

नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालयको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए÷सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार