आफ्नो विवाहको खबरले आफै चकित परे अभिनेता पल शाह

काठमाडौँ : अभिनेता पल शाहले आफ्नो विवाहको खबरले आफै चकित परेको बताएका छन् । शुक्रवार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उक्त कुरा बताएका हुन् ।

उनको आफ्नो विवाहको खबरमा कुनै सत्यता नरहेको उल्लेख गरेका छन् । उनले साथी भाइहरूको यस प्रकारको चिन्ता र चासोको कदर गर्दै उक्त खबरमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

धनगढी सूचना

उनले लेखेका छन् ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नु भएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस यो खबरमा कुनै सत्यता छैन ।’ अहिले सामाजिक सञ्जालहरूमा उनको विवाहको खबरहरू आइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार