कर्णाली याक्सको पहिलो जित, राइनोजलाई ६ विकेटले हरायो !

काठमाडौँ : कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ । आज भएको खेलमा कर्णाली याक्सले राइनोजलाई ६ विकेटले हरायो ।

चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । कर्णालीका शिखर धवनले ४५, चादविक वाल्टनलले ३० रन बनाए । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी एटन र रवि बोपाराले १र१ विकेट लिए ।

धनगढी सूचना

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनायो । चितवनका रवि बोपाराले ५९ रन बनाए । कर्णालीका विपिन शर्माले ३, जीशान मक्सूदले २ विकेट लिए ।

कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार