बैंकमा चोरी गरेको आरोपमा एक युवक पक्राउ

धनगढी : दार्चुलामा बैंकमा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।

मंसिर १८ गते राती दार्चुलाको महाकाली नगरपालिका – ४ खलंगा स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय दार्चुलाको झ्याल फोडी चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो ।

धनगढी सूचना

बिहिबार चोरी गरेको अरोपमा महाकाली नगरपालिका – ४ तल्लासैनका २३ वर्षीय तुसार लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनको साथबाट ८४ हजार ५०० नगद र बैंकको ट्याग भएको कार्टुन र सो कार्टुन भित्र रहेको हेड सिसिटिभि क्यामेरा लगायतका सामान बरामद गरिएको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार