चितवनले दियो कर्णालीलाई १३१ रनको लक्ष्य

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए ।

धनगढी सूचना

त्यस्तै कर्णालीका बलर विपिन शर्माले ३ तथा जिशान मक्सुदले २ विकेट लिएका थिए । अहिलेसम्म चितवनले खेलेका दुवै खेलमा जित हासिल गरेको छ भने कर्णालीले भने दुवै खेलमा हार बेहोरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार