एनपीएलमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी : सुदूरपश्चिम रोयल्सका नरेन साउँद

काठमाडौं : सुदूरपश्चिम रोयल्सका नरेन साउँद नेपाल प्रिमियर लिगमा पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्। यू–१९ एसिया कप खेलेर नेपाल फर्किएका १८ वर्षीय नरेनले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका हुन्।

देब्रे हाते स्लोआर्म अर्थोडक्स बलर नरेन ३ दशमलव ५ ओभरमा १९ रन दिएर ५ विकेट लिन सफल भए। नरेनको घातक बलिङमा सुदूरपश्चिमले काठमाडौंलाई ७२ रनको फराकिलो अन्तरले पराजित ग¥यो।

Seti Hospital

डेब्यु खेलमै पाँच विकेट लिएका नरेन प्लेयर अफ दि म्याच पनि बन्न सफल भए। यसअघि चितवन गुर्खाजका सोहेल तनवीरले काठमाडौंविरुद्ध एकै खेलमा पाँच विकेट लिएका थिए।

तर, उनी विदेशी खेलाडी हुन्। पाकिस्तानका ३९ वर्षीय पेस बलर सोहेलले पाँच विकेट लिने क्रममा चार ओभर पुरै बलिङ गर्दै २१ रन खर्चिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार