नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक

काठमाडौँ : मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक भएको छ। देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर सुन्न सकिन्छ।

डिबी खड्काको शब्द रचनामा रहेको गीतमा विनोद बाजुरालीको संगीत र संगीत संयोजन छ। गीतमा आफ्ना लागि उपयुक्त वरको खोजीमा रहेकी महिलाको मनोभाव उनिएको छ।

Galaxy

महिलाले पनि आफ्ना लागि आफैं जीवनसाथी खोज्न सक्ने वर्तमान अवस्थाको चित्रण गर्न खोजिएको गीतकार खड्काले बताएका छन्।

गीतको भिडिओमा पौडेलसहित अभिनेता धिरेन शाक्य फिचर्ड छिन्। विक्रम चौहानले निर्देशन गरेको गीतमा सिनमाटोग्राफी दुर्गा पौडेलले गरेका छन्। गायिका र कार्यक्रम प्रस्तोताका रुपमा गायिका पौडेल सुदूरपश्चिममा लोकप्रिय छिन्।

‘सुदूरपश्चिमले माया गरेपनि त्यहाँको गीत गाउन पाएकी थिइनँ। त्यसैले यसपल्ट सुदूरपश्चिमका मेरा दर्शकस्रोता समर्पित गीत ल्याएकी हुँ,’ पौडेलले भनिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार