धनगढी : कैलाली खेलकुद संघले भारतको दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा आयोजना हुने अन्तर्राष्ट्रिय खोखो प्रतियोगिताका लागि सुदूरपश्चिमका चार खेलाडीलाई बिदाई गरेको छ।
महिलातर्फ वर्षा पण्डित र खुश्बु राना तथा पुरुषतर्फ गणेश विक र जोगेन्द्र रानाले सुदूरपश्चिमको प्रतिनिधित्व गरेका छन् । खोखो संघका केन्द्रीय कोषाध्यक्ष कृष्ण पनेरुले यस प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहने जानकारी दिएका छन्।
कैलाली खेलकुद संघका अध्यक्ष ललित खत्रीले खेलाडीहरूलाई बधाई र शुभकामना दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्