काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले १० ओभरमा १ विकेटको क्षतिमा ८८ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले १ विकेट गुमाउँदै ४८ रन बनाएको थियो।
सुदूरपश्चिमले पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो ओपनर सैब जैबलाई गुमाएको हो। उनलाई राशिद खानले ११ रनमा बोल्ड आउट गरेका हुन्। जैबले ९ बलमा १ चौका प्रहार गरे। त्यसपछि १० ओभरसम्म सुदूरपश्चिमले कुनै पनि विकेट गुमाएको छैन।
दोस्रो विकेटका लागि विनोद भण्डारी र ब्रान्डनले ७१ रनको अविजित साझेदारी गरिरहेका छन्। हालः क्रिजमा ओपनर विनोद भण्डारी ३१ रनमा र ब्रान्डन म्याकमुलेन ४२ रनमा खेलिरहेका छन्।
काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ५ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो। त्यस्तै सुदूरपश्चिमको भने यो दोस्रो खेल हो। पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्