कैलालीको गेटा आँखा अस्पतालमा चमेना गृह सेवा सुरु

कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नं ५ मा रहेको गेटा आँखा अस्पतालमा आजदेखि चमेना गृह सेवा औपचारिक रूपमा सुरु गरिएको छ। क्यान्टिनको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर गरेका हुन्।

नेपाल नेत्र ज्योति संघ कैलाली जिल्ला सभापति लोकराज जोशीको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, नगर उप प्रमुख शारदा देवि रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, वडा नं ५ का वडा अध्यक्ष सुद्दी राम चौधरी लगायत अस्पतालका कर्मचारी, अस्पतालका कर्मचारी, बिरामीका आफन्त, र स्थानीयबासीहरूको पनि उपस्थिति थियो।

SHIKHAR COOL TECH

गेटा आँखा अस्पतालका प्रशासकिय मेडिकल डाइरेक्टर सुरेश राज पन्तले अस्पतालमा भएका समस्या तथा पालिकाको सहयोग आगामी दिनमा बिरामी , कुरुवा तथा कर्मचारी तथा विद्यार्थीलाई खाना नास्ताका लागि सहयोग पुग्ने बताएका छन्।

गोदावरी नगरपालिका र जिल्ला समन्वय समितिको आर्थिक सहयोग बाट (६५ लाख) रकम निर्माण गरिएको चमेना गृहको उद्घाटन कार्यक्रमका क्रममा प्रमुख भट्टले बिरामी र उनीहरूका आफन्तहरूलाई सहज र सस्तो मूल्यमा स्वस्थकर खाना तथा नास्ता उपलब्ध गराउने उद्देश्यले क्यान्टिन सुरु गरिएको बताए। साथै, उनले क्यान्टिन व्यवस्थापनलाई सस्तो, गुणस्तरीय, र बिरामी अनुकूल सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन्।

अस्पतालमा क्यान्टिनको अभावका कारण बिरामी र उनीहरूका आफन्तले समस्या भोग्दै आएका थिए। यस क्यान्टिनको स्थापना भएपछि उनीहरूको कठिनाइ समाधान हुने अपेक्षा गरिएको छ। क्यान्टिनले बिहानको नास्तादेखि लिएर खाना, चियाँ, र अन्य परिकारहरू सहजै उपलब्ध गराउनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार