घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु

कैलाली : कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ।

मङ्सिर २१ गते विवाह पञ्चमीका दिन हुने लवाङ्गी पूजालाई भव्य र थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो। महोत्सवको उद्योग पर्यटन तथा वन वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले बुधवार उद्घाटन गरेका छन्। 

घोडाघोडी नामले थारु समुदायको मौलिकता माथि प्रहार भएको उल्लेख गर्दै आफ्नो धर्म र संस्कृतिमा अतिक्रमण भएकोले संरक्षणमा जुट्नुपर्ने मन्त्री चौधरीको भनाइ छ। पर्यटनको दिगोरुपमा विकास गर्नका लागि पर्यटनमैत्री संरचना बनाउनुपर्नेमा जोड दिए। 

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार राज्यमन्त्री प्रकाश बम्, प्रदेश सभा सदस्य खुशीराम चौधरी, थारु कल्याणकारी कैलालीका वीरबहादुर चौधरी, नगर उपप्रमुख गुलियाकुमारी चौधरी लगायत ८२ गाउँका भल्मन्सा, चिराकी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम नगर भल्मन्सा समितिका अध्यक्ष बुधराम चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार