काठमाडौँ : नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस आधारमा छापावाल सुनको मूल्य बिहीबार ३०० रुपैयाँ बढेको छ ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ८८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्