जाजरकोटमा बोलेरो जीप दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : जाजरकोटमा  मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका-१० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च  ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीकाअनुसार दुर्घटनामा जीपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । तर अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेका थिए ।

Seti Hospital

मृतक दुवै जाजरकोटको भेरी नगरपालिका-७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए । जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ । घाइते २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार