धनगढी । डडेल्धुरामा समैजी जाँत (मेला) लाग्ने भएको छ । यही मंसिर २५ र २६ गते जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ मा जाँत लाग्ने भएको हो ।
समैजी जाँत सुदूरपश्चिम प्रदेशमा हुने प्रसिद्ध जाँतमध्ये एक हो । जाँतको प्रमुख आकर्षक तरवारसहित नाचिने चौलो र धामी नाच हो । समैजी देवताको मुख्य शक्तिका रुपमा भगवती अवतारलाई मान्ने गरिन्छ ।
धार्मिक रुपमा निकै महत्व बोकेको समैजी जाँत हेर्न सुदूरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, बैतडीसहित अन्य जिल्लाबाट पनि भक्तजनहरु नवदुर्गा पुग्छन् ।
जाँतको दुई दिन अर्थात मंसिर २५ गते जाँत राती लाग्नेछ भने २६ गते दिउँसो लाग्नेछ । प्रमुख जाँतका रुपमा लाग्ने समैजी जाँत मनाउन र शान्तिपूर्ण वातावरणमा जाँतको रौनक बढाउन पनि सम्पूर्ण भक्तजनहरुमा अपिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्