लुम्बिनीले दियो बिराटनगरलाई १९२ रनको लक्ष्य

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको खेलमा लुम्बिनी लायन्सले बिराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । टम मूर्स ३० रन बनाएर आउट भए । ओपनर आशुतोष घिरैया १५ रनमा रन आउट भए । अर्का ओपनर अर्जुन साउँद १७ रनमा बोल्ड भए ।

धनगढी सूचना

सन्दीप जोरा १२ रन बनाएर खेलिरहेका बेला रन आउट भए । साद बिन जफरले १५ रनको योगदान दिए । बेन कटिङलाई ६ रनमा सन्दीप लामिछानेले आउट गरे । विवेक यादव १९ र रामोन सिमन्ड्स २ रनमा नट आउट रहे ।

बलिङमा विराटनगरका लागि सन्दीप लामिछाने, राजेश पुलामी मगर र इस्मत आलमले समान १–१ विकेट लिए । सन्दीपले एनपिएल प्रतियोगिताकै पहिलो विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार