डडेल्धुराका ल्यापटप चोरी गर्ने दुई जनालाई पक्राउ

धनगढी : प्रहरीले श्रृंखलाबद्ध रुपमा होस्टेल, कार्यालय, घरबाट ल्यापटप चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ घर भई भोटेबाहल बस्ने हिमाल रसाईली, डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ बस्ने भोज बहादुर थलाल छन्।

उनीहरुले ललितपुर महानगरपालिका–३, ४, १० र १५ मा विभिन्न मितिमा गरेर २६ थान ल्यापटप चोरी गरेको खुल्न आएको छ। प्रहरीका अनुसार रसाईली यस भन्दा पहिला चोरी मुद्दामा ८ पटक र अभद्र व्यवहार मुद्दामा ५ पटक र थलाल १ पटक चोरी मुद्दामा कारवाहीमा परिसकेका हुन्।

दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार