‘फेरी रेशम फिलिली’ ३५ दिनमा प्याकअप

काठमाडौं : निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको फिल्ममा ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ ।

काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको फिल्मको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए ।

धनगढी सूचना

यो फिल्म २०७२ सालमा रिलिज भएको फिल्म रेशम फिलिलीको सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन् । अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छन् ।

फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन् ।

फिल्म आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेकोछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार