डडेल्धुरामा सिटी हल निर्माण गर्न चीन सरकारसँग आग्रह

काठमाडौं : नेपालले डडेल्धुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेल्धुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो । झापा प्रधानमन्त्री केपी शर्मा ओली र डडेल्धुरा काँग्रेस सभापति देउवाको गृहजिल्ला हो । 

धनगढी सूचना

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ । दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएकोमा पाँचौं नम्बरमा उक्त विषय अटाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार