करोडौँका योजना करारका कर्मचारीको भरमा

बैतडी : स्थानीय तहको पुनर्संरचना भएको सात वर्ष बितिसक्दा पनि दरबन्दी अनुसारका प्राविधिक र अन्य कर्मचारी नहुँदा करारका प्राविधिकका भरमा करोडौँ रुपियाँका योजना सम्पन्न गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बैतडी जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकाले ठुलो लगानी गरेर चिल्लो भवन तयार गरे पनि कर्मचारी नहुँदा कामकाज गर्न ७७६ जना करारका कर्मचारी भर्ना गरेका छन् ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये सदरमुकामको दशरथ चन्द नगरपालिका र नयाँ सहर आयोजना स्थल रहेको पाटन नगरपालिकामा करारका समेत इन्जिनियर छैनन् । दरबन्दीका इन्जिनियर नहुँदा तीन करोड रुपियाँका योजना अलपत्र परेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले बताए । वडा कार्यालय चलाउन समेत दरबन्दी अनुसारका सचिव नभएको उनको गुनासो छ। करारका कर्मचारी र प्राविधिकका कारण योजना अलपत्र पर्ने गरेका छन्। उपप्रमुख बोहराले बताए।

धनगढी सूचना

नगरपालिकाको योजना शाखा नै प्रमुखविहीन भनेको छ करारका कर्मचारी जिम्मेवार देखिएनन्। काम गराउने मुस्किल हुन थालेको छ। २०५८ सालमा स्थापना भएको जिल्लाकै पुरानो दोस्रो चरण नगरपालिकामा हालसम्म दरबन्दीका इन्जिनियर पदस्थापन हुन सकेका छैनन्। दरबन्दीका इन्जिनियर नहुँदा सब इन्जिनियरले रातदिन काम गरेर योजना सम्पन्न गर्नुपर्ने बाध्यता रहेको प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेले बताए।

जनप्रतिनिधिले पनि कर्मचारी माग गर्न छाडेको मनलाग्दी आफू टिकटका व्यक्तिलाई करारको कर्मचारीमा भर्ना गर्ने गरेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताए। उनले भने करारका प्राविधिक कर्मचारी जनप्रतिनीधिको प्रभावमा परेर गुणस्तरीय काम गर्न सकिरहेका छैनन्। जनप्रतिनिधि पनि सकेसम्म दरबन्दीका साथ स्थायी कर्मचारी नआइदिए हुन्थ्यो भन्ने मनस्थितिमा रहेका छन्। यस्तो पाराले दिगो विकास कसरी सम्भव होला रु चिन्ताको विषय बनेको छ।

संघ र प्रदेश सरकारले रिक्त दरबन्दीको विवरण माग्दा अधिकांश स्थानीय तहले दरबन्दी नै लुकाउने गरेका छन्। यसअघि दशरथर नगरपालिकाले इन्जिनियरको दरबन्दी रिक्त भएपनि माग नगर्दा अहिलेसम्म दरबन्दी रिक्त रहेको छ। जिल्लाका १० वटा स्थानीय तहले करारमा मात्रै झण्डै ८०० कर्मचारी भर्ना गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार